८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दार्चुलामा भूकम्पको धक्का



काठमाडौं । दार्चुलामा सोमबार दिउँसो हल्का भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रबिन्दु रहेको ३.५ म्याग्निच्युडको भूकम्प दिउँसो २ बजेर ४३ मिनेटमा गएको हो।

भूकम्पका कारण क्षति भएको वा नभएको बारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। केन्द्रका अनुसार यो भूकम्प स्थानीय प्रकृतिको रहेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।