काठमाडौं । दार्चुलामा सोमबार दिउँसो हल्का भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रबिन्दु रहेको ३.५ म्याग्निच्युडको भूकम्प दिउँसो २ बजेर ४३ मिनेटमा गएको हो।
भूकम्पका कारण क्षति भएको वा नभएको बारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। केन्द्रका अनुसार यो भूकम्प स्थानीय प्रकृतिको रहेको प्रारम्भिक अनुमान गरिएको छ।








प्रतिक्रिया