२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दिल्ली डाइभर्ट भयो एयरलाइन्सको आर ए २३० जहाज



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ वे अत्यधिक व्यस्त भएपछि दुबईबाट आएको नेपाल एयरलाइन्सको आरए २३० उडान शुक्रबार दिल्ली डाइभर्ट गर्नुपरेको छ। विमानस्थलमा लामो समय ‘होल्ड’ गर्नुपर्ने अवस्था आए पनि त्यसका लागि आवश्यक पर्याप्त इन्धन नभएकाले जहाज दिल्लीतर्फ मोडिएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल स्रोतका अनुसार व्यस्त समय भएको कारण उपलब्ध पार्किङ वे छैन भन्ने सूचना क्याप्टेनलाई दिइएपछि जहाज डाइभर्ट गर्ने निर्णय गरिएको हो। विमानस्थलले यस घटनाको कारणलाई ‘लो होल्डिङ फ्यूल’ को स्थिति भएको स्पष्ट पारेको छ।

हाल त्रिभुवन विमानस्थलका कतिपय पार्किङ वे मर्मतमा रहेका छन्। यससँगै उचित स्लट व्यवस्थापन नगरी उडान अनुमति दिने प्राधिकरणहरूको प्रवृत्तिले यस्ता समस्या बारम्बार दोहोरिने गरेको स्रोतहरू बताउँछन्।

विशेषगरी व्यस्त समयमा पार्किङ वे अभावले अन्तर्राष्ट्रिय उडानहरूलाई बारम्बार ‘होल्ड’ वा ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था बढ्दै गएको छ, जसले यात्रुहरूको यात्रा योजना समेत प्रभावित हुने गरेको छ।

 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शुक्रबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।