काठमाडौं । बाराकाे सिमरामा बुधबार भएकाे झडपकाे विषयलाई लिएर बिहीबार पनि तनाव भएकाे छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसाे पाैने १ बजेदेखि कर्फ्यू लगाइएकाे छ ।
बिहीबार बिहान ११ बजेदेखि सिमरा चाेकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयाेग पनि गरेकाे थियाे । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा कर्फ्यू लगाएकाे छ ।
बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आज बिहीबार पनि जेनजीले प्रदर्शन जारी राखेपछि थप जनधनको क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले आज दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।
विरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको ५ सय मिटर वरपर कर्फ्यु आदेश लागू हुनेछ।
सिमरा चोकमा अहिले जेनजीले प्रदर्शन जारी राखेका छ्न्। आजै केहीबेरअघि प्रदर्शनकारी र प्रहरीबीच पनि झडप भएको थियो। सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।









प्रतिक्रिया