११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता



काठमाडौं । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले भोलिदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ।

शनिबार बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तापछि उक्त सहमति भएको हो। वार्तामा महाअभियानले प्रस्तुत गरेका २७ बुुँदे मागबारे विस्तृत छलफल गर्दै समाधानका लागि निरन्तर संवाद अघि बढाउने सहमति दुवै पक्षबीच बनेको छ।

अभियानले वार्तामा हालको शान्ति–सुरक्षा स्थिति तथा नागरिक चासोलाई पहिलो प्राथमिकतामा राख्दै महाअभियानले उठाएका मुद्दाहरू सम्बोधन गर्न सरकार निरन्तर वार्ता, छलफल र सहजीकरण प्रक्रियामा रहने प्रतिबद्धता जनाइएको सहमति पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।