काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ भण्री गाउँस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पनौती नगरपालिका–७ का ३५ वर्षीय रिजन सैजु सहित अन्य पाँच जना रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख ६ हजार ४ सय ५५ रुपैयाँ, १६ थान कौडा र १ बुक तास बरामद गरिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।








प्रतिक्रिया