२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ



काठमाडौं । सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता पक्राउ परेका छन्।

नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो। भदौ २४ गते जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्दै गरेको भिडिओ सार्वजनिक भएको थियो।

अदालतमा कागजनी र तोडफोड गरेर क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिइसकेको छ।

प्रहरीले यी र यस्तै घटनामा संलग्नलाई धमाधम पक्राउ गरिरहेको छ। काठमाडौँमा मात्रै पक्राउ पर्नेको संख्या २ सय नाघिसकेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।