ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको लागि ललितपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनका उम्मेदवारको मनोनयन बुधबार सुरु भएको छ। ललितपुर जिल्ला पार्टी कार्यालय सातदोबाटोमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।
ललितपुर क्षेत्र नं १ बाट खुल्ला कोटामा २ जना, महिला कोटामा २ जना र युवा कोटामा १ जना प्रतिनिधि चयन गरिने छ। क्षेत्र नं १ बाट खुल्लातर्फ ८ जना, महिलातर्फ ५ जना र युवातर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुल्लातर्फ रमेश चन्द्र घिमिरे, मिठाराम केसी, चेतनाथ सञ्जेल, मधुसूदन पौडेल, कृष्णप्रसाद सापकोटा, ईश्वरीप्रसाद घिमिरे, पुरुषोत्तम आचार्य र कृष्णमान लामाले उम्मेदवारी दर्ता गरेका छन्। महिलातर्फ तारा सन्जेल, कमला लामा, भवानी बजगाईँ, गोमा घिमिरे र गमला विष्ट उम्मेदवार रहेका छन् भने युवा कोटामा राजेन्द्र न्यौपाने, विक्रम घिमिरे र रोहन लामा छन्।
क्षेत्र नं २ बाट खुल्ला र महिलातर्फ २–२ जना तथा युवा कोटामा १ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। खुल्लातर्फ नवीन तण्डुकार, चिरञ्जीवी आचार्य, रामहरि बजगाईँ, श्याम व्यञ्जनकार, समिर मर्दन केसी र अष्टवीर व्यञ्जनकार उम्मेदवार छन्। महिलातर्फ पृथविन्दु महर्जन, देवीका राई, कला भण्डारी, पार्वती बन्जारा, विष्णु राई र तारा केसी छन् भने युवा क्लस्टरमा सुजित बस्नेत, विक्रान्त केसी सुवेदी र सुजिन महर्जनले उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र नं ३ बाट खुल्लातर्फ २ जना, महिलातर्फ १ जना र युवातर्फ १ जना प्रतिनिधि सहभागी हुनेमा खुल्लातर्फ १२ जना उम्मेदवार रहेका छन्। महिलातर्फ सरस्वती खड्का, कलमा थापा, चन्द्रकला घिमिरे, शशिकला सुवेदी र सुकुमाया लामा उम्मेदवार छन् भने युवातर्फ प्रवेश दाहाल, कृष्णहरि थापा, ज्ञानभक्त डंगोल, सुवोध खड्का, सुव्रतमणि दिक्षित, सरोज महर्जन, संगीता अछामी, दिनेश महर्जन र विक्रम थापाले उम्मेदवारी दर्ता गरेका छन्।
जिल्ला निर्वाचन क्षेत्र (दलित क्लस्टर) मा भने प्रदीप रम्तेल एकजनाले मात्र उम्मेदवारी दिएका छन्।
जिल्ला तहका नेताहरूका अनुसार धेरै उम्मेदवार रहेकाले सर्वसम्मत सहमति सम्भावना कम देखिन्छ। सहमति नभएमा तीनै क्षेत्रमा आगामी मंसिर १३ गते शनिवार निर्वाचनमार्फत प्रतिनिधि निर्वाचित गरिनेछ।








प्रतिक्रिया