काठमाडौँ
पछिल्लो समय आकाशमा बादल देखिएको छ । मौसम विज्ञान विभागले आज बुलेटिन जारी गर्दै मौसम खराव बन्न सुरु गरेको पुष्टि गरेको हो ।
यद्यपी विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको विकास नभएको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
१४ मंसिर २०८२, शनिबार
24
Shares








प्रतिक्रिया