ललितखबर
ललितपुर महानगर २७ सुनाकोठीमा अवस्थित भृङारेश्वर महादेव मन्दिरको पुर्ननिर्माण गल्ती सच्चाउदै पुर्ननिर्माणको तयारी सुरु गरिएको छ ।
भृङारेश्वर महादेव विसं १६१० ताका राजा विष्णुसिंहले प्यागोडा शैलीमा मन्दिर निर्माण गरेको इतिहास रहेको भृङारेश्वर महादेव सुधार समितीका अध्यक्ष रामचन्द्र महर्जन बताउछन् । १९९० सालको भुकम्पले भत्काएको र राजा महेन्द्रको पालामा गुम्बुज शैलीमा निर्माण गरिएको यो मन्दिर पुरानै प्यागोडा शैलीमा निर्माण गर्न ललितपुर महानगरले डिपिआर तयार गरिएको र सोही अनुसार मन्दिर निर्माण हुने उनको भनाई छ ।
सो मन्दिर त्यसताका दुई तले थियो वा तीन तले थियो भन्ने विषयमा एकीन नभएको र पुरातत्व विभागले अध्ययन गरिरहेको छ । मन्दिर पुरातत्व विभागको डिजाइन अनुसार नै मन्दिर पुर्ननिर्माण गरिने उनी बताउछन् । मन्दिरका लागि काठको काम भइरहेको छ भने विहीबारबाट मन्दिर भत्काउन सुरु गरिएको छ ।
गत मंगलबार मन्दिर परिसरमा मेयर चिरी वावु महर्जनको उपस्थितीमा क्षमापुजासँगै पुर्ननिर्माण सुरु गरिएको हो । मेयर महर्जनले मन्दिर पुर्ननिर्माणका लागि बजेट अभाव हुन नदिने आश्वासनसँगै स्थानीयहरु उत्साहित छन् ।
पुरातत्व विभागले बजेट अभावका कारण तत्काल पुर्ननिर्माण गर्न कठीन हुने जानकारी दिएपछि स्थानीय अगुवाहरुको पहलमा मन्दिर पुर्ननिर्माण सुरु भएको हो ।
गोपाल वंशावलीमा यो मन्दिर रहेको उल्येख भएको कारण स्थानीयहरु गौशालामा रहेको पशुपति नाथको मन्दिर भन्दा पहिले नै बनेको स्थानीयहरुले दाबी गर्दै आएका छन् ।
मन्दिरमा नियमित पुजा र चैत्रमा हुने जात्रा सञ्चालन हुने अध्यक्ष महर्जन बताउछन् ।
१४ मंसिर २०८२, शनिबार
92
Shares








प्रतिक्रिया