काठमाडौं । नवनियुक्त चार जना मन्त्रीले शपथ लिएका छन्। आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच उनीहरुले शपथ लिएका हुन्।
मन्त्री हुनेमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।








प्रतिक्रिया