२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंबाट सिन्धुली जाँदै गरेको बसको ठक्करबाट काभ्रेमा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध



काठमाडौं । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसको ठक्करबाट काभ्रेमा एक जनाको मृत्यु भएको छ। बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध भएपछि उक्त सडक हुँदै पूर्वतर्फ जाने सवारीसाधनहरू धुलिखेलमै रोकिएका छन्।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको र अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।