१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो, सबै यात्रु सकुसल(भिडियोसहित)



काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रबार राति करिब ९ बजे अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ। उक्त जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुसल रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार अवतरण गर्ने क्रममा जहाज चालकको नियन्त्रण बाहिर गएको थियो, जसका कारण जहाज रनवेमा चिप्लिएको हो। जहाजमा ४ जना क्रु मेम्बर र ५१ जना यात्रु सवार थिए।

९एन–एमएफ कलसाइन भएको एटीआर–७२ विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगे पनि मानवीय क्षति भने भएको छैन। घटनापछि सबै यात्रुको सुरक्षित उद्धार गरिएको विमानस्थल प्रशासनले जनाएको छ।

घटनाको प्रभावका कारण काठमाडौं उडान भर्ने तयारीमा रहेको यति एयरको अर्को जहाजसमेत भद्रपुर विमानस्थलमै अड्किएको छ। बुद्ध एयरले घटनापछि सूचना जारी गर्दै आवश्यक प्राविधिक टोली भद्रपुर पठाउने तयारी भइरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र विमानस्थलको अवस्था मूल्यांकनपछि मात्रै उडान सुचारु हुने बताइएको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।