१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गगन–विश्वलाई निष्काशन गर्ने संस्थापन पक्षको निर्णय



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फरमुल्ला मनसुर लगायतलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री मनसुरलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो । पार्टी सहमहामन्त्री मीनबहादुर विश्वकर्माका अनुसार बैठकले उनीहरूलाई अनुशासनको कारबाही गरेको हो । विशेष महाधिवेशन पक्षका अन्य नेता-कार्यकर्तालाई भने पार्टीमा फर्किन आह्वान गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  ५ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।