ललितखबर
दक्षिण ललितपुरको कोञ्ज्योसोममा माघे संक्रान्ति र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा एक सातासम्म सार्वजनिक विदा दिने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले सार्वजनिक सूचना प्रकाशित गरेर माघ १ गतेदेखि ६ गतेसम्म गाँउपालिकाको कार्यालय, विद्यालय र संघसंस्थाहरुमा समेत सार्वजनिक विदा घोषणा गरेको हो ।
दक्षिण ललितपुरको नल्लु, भारदेउ, चौघरे, दलचोकी र शंखु क्षेत्रमा ८० प्रतिशत भन्दा धेरै तामाङ समुदायको बसोबास रहेको छ । यही माघ १ गते तामाङ समुदायले सोनाम ल्होसार तथा नयाँ वर्ष २६६२ (घोडा वर्ष) मनाउदै छन् ।
२ माघ २०८२, बिहिबार
2
Shares







प्रतिक्रिया