ललितखबर
ललितपुर क्षेत्र नं. १ बाट २८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न पार्टीका उम्मेदवारहरु जुलुससहित ललितपुर क्षेत्र नं. १ को निर्वाचन कार्यालय बज्रवाराहीमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमालेका चेतनाथ सञ्जेल,नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जन, नेपाली काँग्रेसका उदय शम्सेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन, पिपुल फस्ट पार्टीका सनोज महज, नेकपा (माओवादी)का भिमसेन घिमिरे, नेपाल मजदुर किसान पार्टिकी सरिता गोसाई देसार, आम जनता पार्टीका किरण महर्जन, जनता समाजवादी पार्टीका महाविर स्याङतान, नेश्नल रिपव्लिक पार्टीका संजय घिसिङ, मंगोल नेश्नल अर्गनाइजेशनका सुरेश मार्फा, उज्यालो नेपाल पार्टीका पदमकुमार लामा, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अमृतनाथ बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सजिना कार्की, श्रम संस्कृति पार्टीका गौत्तम थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका रोहित कुमार बास्तोला रहेका छन् ।
उम्मेदवारी दर्ता गराउने ११ जना उम्मेदवारहरु धर्मराज बोहोरा, अशोक थापा, शर्मिला बुढाथोकी, देवेन्द्र सिंह, राधाकृष्ण बस्नेत, विशाल तामाङ, सरोज कुमार विष्ट, भरत दुलाल, तिलक बहादुर भुलुन,राम खड्का र गणेश बहादुर बल रहेका छन् ।
आयोगले अब दाबी विरोध छानविनपछि माघ १० गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।
७ माघ २०८२, मंगलबार
236
Shares








प्रतिक्रिया