चापागाँउ
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन आउन झण्डै एक महिना बाँकी छ । गत माघ ६ गते उम्मेदवारी दर्ता गराएका ललितपुरका मुख्य दलका नेताले धेरै दिन छलफलमा विताए । अहिले यहाँका केही नेताहरु जनताको घरदैलोसम्म पुगेका छन् । केही नेताहरु भने एजेण्डा र प्रचार रणनीतिमा व्यस्त छन् । निर्वाचनको मिती नजिकिए पनि नेताहरुको प्रचार आक्रमक छैन । सुस्त गतिमा अघि बढेको छ ।
२०७९ सालमा ललितपुर ३ बाट सासंदसँगै स्वास्थ्यमन्त्री समेत बनेकी रास्वपाकी नेतृ डा. तोसिमा कार्कीले जनताको दैलो जान सुरु गरिसकिन् । उनी मंगलबार चुनिखेलमा भेटघाट भइन् । आज उनको टोली जावलाखेलको खरिबोट क्षेत्रमा डुल्दै छ । नेतृ डा. कार्कीसँग भोट माग्न लावालस्कर हिडिरहेको छ ।
ललितपुर १ बाट नेकपा एमालेबाट उम्मेदवारी पाउन सफल नेता चेतनाथ सञ्जेल निरन्तर छलफलमा छन् । चापागाँउस्थित विभिन्न पार्टी प्लालेसमा उनले निरन्तर भेला बोलाइरहेका छन् । पार्टीका सक्रिय कार्यकर्ता र शुभेच्छुकसँग उनले निर्वाचनका लागि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी राखेका छन् । नेता संजेलको प्रचारमा कार्यकर्ताहरु आक्रमक ढंगले अघि बढेको सामाजिक सञ्जालको गतिविधिबाट प्रष्ट हुन्छ ।
ललितपुर २ बाट उम्मेदवारी दिएका रास्वपा नेता जगदिश खरेल भने ललितपुर १ का उम्मेदवार बुद्धरत्न महर्जनलाई सघाउन दक्षिण ललितपुरको भ्रमण सकेर भर्खरै फर्केका छन् । उनी ललितपुरको लुभु र लामाटारका बस्ती छिरेर स्थानीयहरुको कुरा सुन्न थालेका छन् । उनी इमाडोलका बासिन्दासँग पनि भेटघाट गरिसकेका छन् ।
उता ललितपुर १ बाट नेपाली काँग्रेसबाट आठौं पटक उम्मेदवारी दिएका पार्टीका सहमन्त्री समेत रहेका उदयशम्सेर राणा प्रचार उपकेन्द्र खोल्नमा व्यस्त देखिन्छन् । मंगलबार गोदावरी उपकेन्द्र शुभारम्भ गरेका राणा आज कोञ्ज्योसोम उपकेन्द्र र महाँकाल उपकेन्द्र शुभारम्भ गर्ने कार्यक्रममा सहभागी हुँदैछन् ।
पछिल्लो समय ललितपुरका मतदाता निर्वाचनको विषयमा खुलेर विचार व्यक्त गरिरहेको पाइन्छ । बस्तीका जमघट हुने चोक र चिया पसलमा कसलाई भोट दिने ?भन्ने विषयमा छलफल गरिरहेको सुनिन्छ । आगामी निर्वाचनमा को कस्तो उम्मेदवार ? भन्ने विषयमा समेत स्थानीयबासीहरु खुलेर बहस गरिरहेका छन् ।
ललितपुर १ बाट नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनको गतिविधि खासै देखिन्न । क्षेत्र नं. २ का राजेन्द्र अमात्य सिद्धिपुरको पार्टी कार्यालय वरपर आफ्नो गतिविधि अगाडि बढाएका छन् । क्षेत्र नं. ३ का उम्मेदवार राजकाजी महर्जन बुधबार विहान सुनाकोठीको धार्मिक कार्यक्रममा सहभागी भए । उनी सामाजिक जीवनमा सक्रिय छन् । अहिले उनी धमाकेदार चुनाव प्रचारमा भने देखिदैनन् ।
निर्वाचनका प्रतिश्पर्धामा रहेका अन्य दलका नेताहरुको सक्रियता झन् सुस्त छ ।








प्रतिक्रिया