११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशका विभिन्न स्थानमा भारी वर्षामापन



काठमाडौँ

देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ । त्यसमध्ये विभिन्न सात जिल्लामा भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको विभिन्न क्षेत्रका वर्षा मापन केन्द्रहरूमा आज साँझ भएको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा आज सल्यानमा सबैभन्दा बढी ७५.२ मिलीमिटर वर्षा भएको छ ।

त्यसैगरी रुकुममा ५१ मिलीमिटर, म्याग्दीमा ७५, कास्कीमा ५७, नुवाकोटमा ५३, सङ्खुवासभामा ५८ र धनकुटाको मछुवाघाटमा ७४ मिलीमिटर वर्षा भएको छ । ५० मिलीमिटरभन्दा बढी वर्षा भए त्यसलाई भारी वर्षा भएको मानिन्छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार धेरै मापन केन्द्रहरूमा भारी उन्मुख वर्षा ४० देखि ५० मिलीमिटर वर्षा भएको बताए ।

आज साँझदेखि देशभर नै बदली भएको तथा छिटफुट जिल्लाबाहेक धेरै ठाउँमा वर्षा भएको र यो क्रम शनिबार पनि जारी रहने उनले बताएका छन् ।

उनका अनुसार यो समयमा हुरीबतास, चट्याङ र असिनापानीले असर गर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।