१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर गोदावरीका नगरकोटी वैदेशिक रोजगारीमा ठगीको अभियोगमा पक्राउ



काठमाडौँ
ललितपुर गोदावरीका एक युवक वैदेशिक रोजगारीमा ठगीको अभियोगमा पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा  उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसारललितपुरको गोदावरी नगरपालिकामा बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोगमा निजलाई आज पक्राउ गरिएको हो ।
अभियुक्तलार्ई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।