१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘पाथीभारा माता’ दुर्व्यवहार गरेको आरोपमा पक्राउ



कर्णाली


जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘पाथीभारा माता’ भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ ।

https://www.youtube.com/@lalitkhabar
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् । 

थापाले धर्मका नाममा झारफुक तथा हेराईमनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापालाई फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए । 

त्यसलगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।