अशोक दुलाल
गोदावरी नगरपालिकाभित्र विद्यार्थीहरुले लामो कपाल पालेर निर्धक्क विद्यालय जान पाने भएका छन् । यसरी कपाल पालेर विद्यालय जाँदा उनीहरुलाई शिक्षकहरुले कुनै दवाव र अपमानित गर्न पाउने छैनन् ।
गोदावरी नगरपालिकाको एक विद्यालयमा शिक्षकले विद्यार्थीको कपाल लामो भएको भन्दै काटिदिएपछि नगरपालिकाले विज्ञप्ती नै जारी गरेर कारवाहीको चेतावनी दिएको छ ।
विज्ञप्तीमा नगरभित्र विद्यालयमा विद्यार्थिहरुलाई शारिरीक वा मानसिक यातना नदिन भन्दै अन्यथा कानूनबमोजिम ५० हजार जरिवाना र एक वर्ष कैद सजाय हुने व्यवस्था रहेको स्मरण गराउदै कार्यान्वयन गर्न पत्रमार्फत भनिएको छ ।
गोदावरी नगरपालिकाले वालवालिकाहरुको हक र अधिकार स्थापित गर्न भन्दै विभिन्न वडालाई वालमैत्री वडा घोषणा गरिरहेको छ ।







प्रतिक्रिया