३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरिया जाने बढेपछि इपिएस कोटा वृद्धि गर्न सरकारको आग्रह


२७ माघ २०७६, सोमबार  

0
Shares


२७ माघ ०७६, काठमाडौं ।नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले आज गर्नुभएको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गर्नुभएको हो ।
भेटमा उहाँले कोटा वृद्धि भएमा भाषा तथ सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताउनुभयो । उहाँले कोरियामा रहेका नेपाली श्रमिकलाई त्यहाँको पेन्सन प्रणालीमा समेट्न आग्रह गर्नुभएको थियो । भेटमा मन्त्री यादवले इपिएस भाषा परीक्षालाई थप मर्या्दित र व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । सो अवसरमा उहाँले तालिम प्रदायक संस्थाको क्षमता विस्तारमा कोरिया सरकारसँग सहयोगका लागि आग्रह गर्नुभएको थियो ।
भेटमा राजदूत योङसिकले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले गरेको कामको प्रशंसा गर्दै भाषा परीक्षालाई थप मर्या्दित र व्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने बताउनुभएको थियो । कोरियामा रहेका नेपाली कामदारको आत्महत्यासम्बन्धी विषयलाई सरकारले गम्भीरताका साथ लिएको उल्लेख गर्दै उहाँले आत्महत्या न्यूनीकरणका लागि आवश्यक प्रबन्ध गर्ने बताउनुभएको थियो । उहाँले नेपाली श्रमिकका परिवारसँगको सम्पर्कलाई थप सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : १० बजे