४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरियाका नेपालीलाई कोरना भाइरसबाट बच्न दुतावासको आग्रह


११ फाल्गुन २०७६, आइतबार  

0
Shares

११ फागुन ०७६,काठमाडौं । दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी र श्रमिकहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सचेत रहन कोरियाका लागि नेपाली दुतावासले विज्ञप्ती निकालेर अपिल गरेको छ ।
केही समयअघिदेखि चीनबाट विश्वभर फैलिरहेको कोरोना भाइरस कोरियामा तीब्र गतिमा फैलिएको समाचार आएपछि नेपालीहरु लाई सचेत रहन दुतावासले आग्रह गरिएको हो ।
कोरियाको थुगु वरपरका स्थानमा कोरोना संक्रमित व्यक्तिहरु रहेको बताइएको छ । यो ठाँउमा उल्येख्य नेपाली विद्यार्थी र श्रमिक रहेकाले दुतावासले विज्ञप्ती निकालेर सचेत गराएको हो ।
अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको वुआन सहरबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियाका चार सयभन्दा धेरै मानिस संक्रमित बनेका छन् ।
दुतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझै बढी सजग र सचेत हुन जरुरी छ ।’
कोरियामा अवैध रुपमा बसेका नेपालीलाई कोरिया सरकारले केही नगर्ने भएकोले अवैद्य कामदारले विशेष शावधानी अपनाउन दुतावासको सुझाव छ । शंका लागेका नेपालीहरुलाई तत्काल स्वासथ्य संस्थामा गएर जचाउन समेत दुतावासले अपिल गरेको छ

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : ४३ बजे