४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares


१८ फागुन ०७६, काठमाडौं । काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नै कार्यकर्ताले जुत्ता प्रहार गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भाषण गरिरहेका प्रचण्डलाई जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन् ।
भरतमोहन स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह सहभागी थिए । उनलाई मञ्चमै जुत्ता प्रहार गरेपछि केही समय कार्यक्रम विथोलिएको थियो । स्थितीमा नियन्त्रणमा लिन सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको छ ।
केहीबर्षअघि भृकुटी मण्डपमै पदम कुवँर नाम गरेका युवाले पुष्पकमल दाहाललाई थप्पड हानेका थिए ।
दश वर्षे जनयुद्धपछि मुलधारको राजनीतिमा आएका प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन् । अहिले उहाँ देशकै ठूलो दल नेकपाका अध्यक्ष रहेका छन् ।

रतनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनलाई पक्राउ गर्ने क्रममा कार्यकर्ताहरुले आक्रमण गर्ने कोसिस गरेका थिए । तर प्रचण्डले रतनलाई आक्रमण नगर्न मञ्चबाटै आग्रह गरेका थिए ।
रतनका बुवा तत्कालीन माओवादीमा जनयुद्धकै समयमा ज्यान गुमाएका थिए ।
उतन काठमाडौंमा लोक सेवा आयोगको तयारी आएको बसझिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : ५५ बजे