४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाको त्रास ः विमानस्थलमा अनिवार्य मास्क लगाउनु पर्ने


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares


१९ फागुना ०७६, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।

अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो । विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजनलगायतलाई अत्यावश्यक अवस्थाबाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैलाई मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ । चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : ०३ बजे