४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुख सापकोटा भारतीय राजदूूत बीच भेटवार्ता


२७ फाल्गुन २०७६, मंगलबार  

0
Shares

सभामुख अग्निप्रसाद सापकोटासँग सिंहदरवारस्थित कार्यकक्षमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले मङगलबार भेट गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

२७फाल्गुन०७६,काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै दुई देशबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताउनुुभएको थियो ।

त्यस्तैगरी नेपालमा २०७२ साल वैशाखमा विनाशकारी भूकम्पपछि उद्धार, राहत एवं पुनःनिर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै उहाँले दुुई देशबीच पछिल्लो समय दूरगामी महत्वका सम्झौता भएकामा खुशी व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जानकारी दिएको छ । त्यस्तै सभामुख सापकोटाले दुुबै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध थप विस्तारका लागि विरलै प्राप्त हुने अवसर रहेको उल्लेख गर्नुुभएको थियो ।

सो अवसरमा राजदूत क्वात्राले सापकोटालाई सभामुखमा निर्वाचित हुनुुभएकामा बधाई दिँदै कार्यकाल सफलताको शुुभकामना व्यक्त गर्दै दुुई देशबीच वृहत र गहिरो सम्बन्ध रहेको तथा आगामी दिनमा यो सम्बन्ध अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : २३ बजे