२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बरामद माक्स बेच्न न्यायाधिवक्ताको निर्देशन


४ चैत्र २०७६, मंगलबार  

0
Shares

फाइल तस्विर

३ चैत्र ०७६,काठमाडौ ।  बरामद माक्स बेच्न न्यायाधिवक्ताको निर्देशन बरामद माक्स बेच्न न्यायाधिवक्ताको निर्देशन । महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको माक्सहरु बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिनुभएको छ । महान्यायाधिवक्ता खरेलले आज एक प्रेस विज्ञप्ति जारी गरी ‘कोभिड–१९’ फैलिएको अवस्थामा कालोबजारी गरेर लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेका माक्स हालको बजार मूल्यअनुसार बिक्री गरी सो रकम प्रहरीकै खातामा राख्न निर्देशन दिनुभएको हो ।
बजारमा माक्सको अभाव भइरहेको अवस्थामा कालोबजारी गरेर राखेको माक्सलाई मुलुकी फौजदारी कार्य्विधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न निर्देशन दिनुभएको हो । प्रहरीले आइतबार १० लाखभन्दा बढी कालोबजारी गरिरहेको माक्स कपनबाट बरामद गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।