२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली मास्क भारतीय बजारमा


८ चैत्र २०७६, शनिबार  

0
Shares

फाइल तस्विर

८ चैत्र ०७६, कैलाली । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा ? १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालक प्रकाश तिमिल्सिनाले बताउनुभयो । “दैनिक १० जनासम्म भारतीय नागरिक मास्क खरिद गर्न यहाँ आउन थालेका छन्”, उहाँले भन्नुभयो, “एक जनाले ५० वटासम्म लिएर जाने गरेका छन् ।” उहाँले दैनिक तीन हजार मास्क उत्पादन गरिरहेको जानकारी दिनुभयो । “पश्चिम नेपालका अधिकांश जिल्लाबाट मास्कको अर्डर आउन थालेको छ”, तिमिल्सिनाले भन्नुभयो, “हामीले अन्य काम रोकेर मास्क मात्र उत्पादन थालेका छौँ तर पनि माग पूरा गर्न सकिएको छैन ।” मास्क उत्पादनमा ४० जना महिला कामदारलाई लगाइएको उहाँले बताउनुभयो । उद्योगमा कार्यरत महिलाले दैनिक २०० सम्म मास्क उत्पादन गरिरहेको बताएका छन् । उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिक?पमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन् । उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन् । कैलालीमा सर्जिकल मास्क अभाव छ । भएका व्यापारीले पनि ४० ?पैयाँ प्रतिपिस बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ । “ मास्कका लागि लम्की बजारका धेरै मेडिकल धाए, तर पाउन सकेन”, लम्कीका राधेश्याम पाण्डेले भन्नुभयो, “पछि कपडा पसलमा मास्क पाए । मास्क लगाउँदा धुलो धुवाँबाट बच्न भए पनि सहयोग पुग्छ ।” –––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअजब

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।