४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘कोरोनाको शका लागे ११८० फोन गर्न सकिने


८ चैत्र २०७६, शनिबार  

0
Shares


८  चैत्र ०७६, काठमाडौ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गर्नुभएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउन सबैसँग अपिल गर्नुभयो ।

सङ्क्रमण देखिनुभन्दाअघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना रहेको उहाँको भनाइ छ । उक्त सङ्क्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले सङ्घीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउनु अपिल प्रमुख शाक्यको रहेको छ ।

उहाँले अहिले कोरोनाबाट सबै बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्व नमनाउन पनि आग्रह गरेका छन् । जात्रा तथा पर्वमा निकै ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भीडभाडका साथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन प्रमुख शाक्यले अपिल गर्नुभएको छ ।

विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको भन्दै मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा पनि भिडभाड कम गर्न आग्रह गर्नुभयो । धार्मिकस्थलमा धेरै भीडभाड हुँदा सङ्क्रमण सर्नसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानमा समेत भीडभाड नगर्न अपिल गरिएको छ । कामपाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाइएको छ ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : ५४ बजे