४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भ्रामक अडियो फेसबुकमा राख्ने पक्राउ


८ चैत्र २०७६, शनिबार  

0
Shares


८ चैत्र ०७६, काठमाडौ । नेपालमा कोरोना देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।
थापा मगरलाई साइबर अपराधसँगै सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । मगरले विना दर्ता सञ्चालन भएको ‘झोर्ले न्युज डट कम’का सञ्चालन भएको बताइएको छ ।

नेपालमा कोरोनाको सङ्क्रमण देखिएको र केहीको मृत्युसमेत भएको भनी उनले भ्रामक श्रव्य सामग्री (अडियो) रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए । एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको थियो ।

प्रहरीले गलत हल्लाका पछि नलागी सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रह समेत गरेको छ । सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ ।
नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड–१९ का बिरामी फेला नपरेको स्पष्ट पारिसकेको छ ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ३१ बजे