४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वमा तीन जनामा कोरोना सङ्क्रमण, २९५ पुगे सङ्क्रमित


५ जेष्ठ २०७७, सोमबार  

0
Shares


५ जेठ ०७७,काठमाडौं । कोभिड–१९ को सङक्रमणको आज पुनः तीनजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितमा धनुकटा निवासी ३४ वर्षीया महिला, मोरङ विराटनगरका निवासी २९ वर्षीया महिला र सोही ठाउँका ३६ वर्षीय पुरुष रहेका छन् । बाँकेमा आजै एकजनाको मृत्यु भएका परीक्षणका क्रममा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या २९५ पुगेको छ । यसअघि आजै रौतहटका १० जनामा कोराना भेटिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ४ : ३१ बजे