४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दैलेख आठविसमा कोरोना सङ्क्रमित, नगरपालिका सिल गर्ने तयारी


६ जेष्ठ २०७७, मंगलबार  

0
Shares

६ जेठ ०७७,दैलेख । कोरोना सङ्क्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको छ ।

आठबीस नगरपालिका—१ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना सङ्क्रमण भेटिएपछि मङ्गलबारदेखि नगरपालिकालाई सिल गर्न लागिएको हो  । नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको बताउनुभयो ।

लकडाउनको ५६ औँ दिनमा कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित दैलेखमा भेटिएका हुन्  । शनिबार स्वाब सङ्कलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा परीक्षण गर्दा ती युवामा कोरोना सङ्क्रमण देखिएको थियो । थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि उनमा कोरोना पोजेटिभ देखिएको थियो । भारतको आगरास्थित कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति त्यहाँबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए । वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो ।

महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर उद्धार गरी ल्याएका उनीसहित ३९ जनालाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष पर्व्सिंह विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने बेला उनीहरुको आरडिटी परीक्षण गरिएको थियो, त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछि जेठ ३ गते शनिबार हामीले सबैकोे स्वाब सङ्कलन गराएर परीक्षण गराउँदा ती युवामा कोरोना पोजेटिभ देखिएको छ ।” कोरोना सङ्क्रमण भेटिएको थाहा पाएपछि वडा सिल गरिएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  २ : ४० बजे