४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार

भारतबाट आएका सुर्खेतमा भेटिए १२ जना, कोरोना सङ्क्रमित २३

१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

१३ जेठ ०७७,सुर्खेत । कर्णालीको प्रदेश राजधानी सुर्खेतमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनाराण तिवारीले जानकारी दिनुभयो । सङ्क्रमितहरुमा वीरेन्द्रनगर नगरपालिका–१, ३ र ६ वडाका सात पुरुष र एक महिला, भेरीगङ्गा नगरपालिका दुई पुरुष र सिम्ता गाउँपालिका–४ का सुर्खेतका दुई पुरुष रहेको उहाँले बताउनुभयो ।

भारतबाट आएका उनीहरुलाई मङ्गलबार सुर्खेतको बबई, सुब्बाकुना नाका र घण्टाघरको खुलामञ्चबाट स्वाब लिइ पिसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । १२ जना सुर्खेतमै थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।
यता कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भवावह बन्दै गएको र समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई जिम्मा दिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिमा सङ्क्रमण देखिएको हो ।
कर्णाली प्रदेश सरकारले पनि यसअघि नै भारतबाट आउने नेपालीलाई सीमानाकामै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको थियो । कर्णाली प्रदेश सरकारले २३ हजार कर्णालीवासी आउने अनुमान गरेको त्यो सङ्ख्या बढ्ने देखिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  १२ : ३२ बजे