१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकै दिन ९० जनामा कोरोना सङ्क्रमण, जम्मा सङ्क्रमित ७७२


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares


१३ जेठ ०७७ काठमाडौँ, (रासस) ःकोभिड–१९ को सङ्क्रमण आज एकै दिन ९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज एकै दिन १५ जिल्लामा ९० जनामा पुगेसँगै सङ्क्रमितको सङ्ख्या ७७२ पुगेको बताउनुभयो । यो अहिलेसम्मकै सबभन्दा ठूलो सङ्ख्या हो । हिजो मात्र ७९ जनामा सङ्क्रमण देखिएको थियो । उहाँले महोत्तरीमा दुई, जुम्लामा दुई, बारामा तीन, रौतहटमा २२ , सिराहामा पाँँच, धनुषामा एक, बाँकेमा आठ, रुपन्देहीमा एक, अर्धाखाचीमा दुई , गुल्मीमा दुई, कैलाली र अछाममा एक एक, स्याङ्जामा दुई, सुर्खेतमा १२ र कपिलवस्तुमा २६ जनामा देखिएको बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा महोत्तरी, मनरा गापा १० वडा नं २ का ३० र ३५ वर्षीय पुरुष, जुम्ला हाल बारामा कार्यरत दुई जना ३५ र ३६ वर्षका पुरुष, बारा पचाटा नपा वडा नंं १ का पिपरपती मावि क्यारेन्टिनम रहेका तीन जना क्रमशः १९, ३० र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी रौतहट गौर नगरपालिका वडा नंं १, २ र ६ का आठ जना चार वर्षदेखि ४० वर्षका छन् । तिमध्ये एक महिला र सात पुरुष छन् ।

यसैगरी रौतहट देवाही गोनाही नगरपालिका वडा नं. २, ७ र ८ नम्बर वडाका ६ जना १८ देखि ४१ वर्षका पुरुष छन् । रौतहट कै करुनिया वडा नं १ र ४ का २६ देखि ४८ वर्षका ६ पुरुषमा पनि सङ्क्रमण देखिएको छ । रौतहटकै राजदेवी नगरपालिका वडा नंं ६ का २२ वर्षीय एक पुरुष, रौतहटकै गरुडा नगरपालिका वडा नंं १ का २४ वर्षीय पुरुष छन । सिराहा नवराजपुर वडा नंं १ का १८ वर्षीय पुरुष, सिराहा भगवानपुर गाउपालिका वडा नंं ४ र ५ का २५ देखि २९ बर्षीय चार पुरुष, धनुषा वेलामुखियायत्ति गाउँपालिका वडा नं १ का २२ बर्षीय एक पुरुष छन् ।

यसैगरी भेरी अस्पतालमा नेपालगञ्जमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । बाँकेका २० वर्षदेखि ४६ वर्षसम्मका सात जना पुरुष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ का २२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार रुपन्देहीको परीक्षणमा कपिलवस्तु मायादेवी ७ का २२ र ५० वर्षका दुई पुरुष, अर्घाखाची कमला माविमा रहेका १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका एक ३६ वर्ष र अर्को एक जना उमेर नखुलेका पुरुष गरी दुई र रुपन्देही लुम्बिनी अस्पतालमा २२ वर्षका एक जना छन् ।

सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलाीलका ३८ वर्षीय पुरुष र अछामका एक ११ वर्षीय महिला छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा बालिङ ७ का २० र २९ बर्षीय दुई पुरुष छन् ।

सुुर्खेत प्रादेशिक अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । सुर्खेत विरेन्द्रनगर वडा नंं १, २, ३ र ६ का ९ वर्षदेखि ४६ वर्षका आठ जना रहेका छन् । तिमध्ये एक जना महिला र सात पुरुष छन् । यसैगरी सुर्खेत भेरीगंगा ८ का १६ र १७ वर्षका दुई पुरुष, सुर्खेत सिम्ता ४ का ३५ र ४९ वर्षका दुई पुरुष, यस्तै कपिलवस्तुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई वर्षदेखि ५५ वर्षसम्मका २४ जना रहेका छन् । तिमध्ये एक महिला र २३ पुरुष छन् । अहिलेसम्म ७७२ सङ्क्रमितमा ६८८ पुरुष र ८४ महिला छन् ।

यसैगरी १५५ जना डिस्चार्ज भएका छन । तिमध्ये १२४ जना पुरुष र ३१ महिला छन् । आज मात्र नारायणी अस्पतालमा पर्साका ४३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ७ देखि ५३ वर्ष उमेर समूहका मानिसहरु आज ११ देखि १६औँ दिनमा डिस्चार्ज भएका हुन । तिमध्ये दुई महिला र ४१ पुरुष छन् । यसैगरी आरडीटी ९७ हजार ९६७ जना र पीसीआर ५४ हजार ६९७ जनाको गरिएको छ ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।