२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एकै दिन दुई सय २६ जनामा कोराना सङक्रमण


१९ जेष्ठ २०७७, सोमबार  

0
Shares


१९ जेठ ०७७, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २२६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २२६ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।
ती सङ्क्रमितमध्ये पुरुष २१३ जना र महिला १३ जना रहेका छन् । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो आइतबार १६६ जना, गत शनिबार १८९ जना र शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै एक हजार ७ सय ९८ जनामा रोग देखिएको छ । तीमध्ये एक हजार ६ सय ६७ जना पुरुष र १ सय ३१ जना महिला रहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।