२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस केन्द्रीय समिति बैठक असार १६ गते


१४ असार २०७७, आइतबार  

0
Shares

 

१४ असार ०७७, ललितपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा  कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशन र अधिवेशनको कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गतेसम्म नै काठमाडौँमा गर्ने र अन्य अधिवेशनका तालिकामा सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय समितिको आगामी बैठकले पारित गर्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।