२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाह्रबिसेको बाढीमा परेर दुईको मृत्यु, १८ बेपत्ता


२५ असार २०७७, बिहिबार  

0
Shares

गए रातिदेखि अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा क्षति । उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको र केही व्याक्ति सम्पर्कविहीन भएका छन । तस्वीर ः देवराज सुवेदी/रासस

२५ असार ०७७, सिन्धुपाल्चोक । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।
भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।