५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी पहिरो अपडेट ः २३ को मृत्यु, ३४ बेपत्ता


२६ असार २०७७, शुक्रबार  

0
Shares

जाजरकोट बारेकाट गाउँपालिका–४ सार्कीगाउँमा पहिराले दुई घर बगाउँदा बेपत्ता १२ जनाको खोजी कार्य गर्दै स्थानीयवासी । तस्वीर ः हेमन्त केसी\रासस

२६ असार ०७७, काठमाडौं । भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर आज मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् । अन्य ३४ जना बेपत्ता छन् ।
कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । म्याग्दी, जाजरकोटमा उद्धार टोलीसमेत पुग्न नसकेकाले गाउँकै सानो उद्धार टोलीले काम गरिरहेको छ । हेलिकप्टर जाने तयारी गरिए पनि खराब मौसमका कारण जान नसकेको केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिएका छन् । स्थानीय तह, रेडक्रम, स्थानीय प्रशासनलगायतको समन्वयमा राहत तथा अन्य व्यवस्थापनको काम जारी रहेको जनाइएको छ ।
प्राप्त विवरणानुसार म्याग्दीको धवलागिरि गाउँपालिकालगायत विभिन्न स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको र अन्य २९ जना वेपत्ता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिएका छन् । प्रहरी टोलीले सो क्षेत्रमा उद्धार कार्य जारी राखेकोसमेत उनले बताए ।
जाजरकोटको चारेकोट गाउँपालिका–४ जिरीमा पहिरो जाँदा सातको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता छन् । कास्कीको सराङ्कोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।
लम्जुङको बेँसीशहर नगरपालिका–७ स्थित सातबिसेमा विपद्मा परेर तीन जनाको मृत्यु भएको छ । गुल्मी र रुकुममा पनि विपद्बाट तीन जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
यसअघि बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसेलगायत क्षेत्रमा ठूलो भेलपहिरो खस्दा दुई जनाको मृत्यु भएको र अन्य २० जना अझै बेपत्ता रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ५९ बजे