५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिन्धुपाल्चोक बाढीमा बेपत्ताको जिवितै उद्दार


२७ असार २०७७, शनिबार  

0
Shares

अविरल वर्षाको कारण बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएका र पहिरो जाँदा दुई जनाको निधन भएको छ भने२१ जना सम्पर्कविहीन भएका छन । स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीय बासिन्दाले भेटेका छन । अरुको सुरक्षा कर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन । तस्वीर ः देवराज सुवेदी/रासस

२७ असार ०७७, सिन्धुपाल्चोक । शुक्रबार बिहान आएको बाढीपहिरोबाट सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्तिे जीवितै उद्धार गरिएको छ । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्थानीय ४० वर्षीय नाङचे मगरको जिवितै उद्दार गरिएको हो । अहिले उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यस बाढीमा परेर अन्य दुई सामान्य घाइते थिए । अहिलेसम्म जिल्लामा बेपत्ताको सङ्ख्यामा २१ पुगेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २१ जनाको खोजी जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ । आज पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीबाट भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । लगातारको वर्षाले आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ । जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको प्रजिअ ढकालले जानकारी दिर्ए
जुरे सडक खोल्ने प्रयास
लगातारको वर्षाले बुधबार राति आएको सुनकोशी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम भइरहेको छ । बाढीले सम्पूर्ण भाग कटान गरेको करिब १५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माणकार्य भइरहेकाले आज बेलुकासम्म सम्पन्न गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभीजन इञ्जीनियर विजयकुमार महतोले जानकारी दिएका छन् ।
हिजो अपराह्नदेखि शुरु भएको उक्त काम आज बिहानैदेखि पुनः शुरु गरिएको छ । उक्त सडक सञ्चालन भएपछि बाह्रबिसेसम्मको आवागमन सहज हुनेछ । भोटेकोशीको कटान र पहिरोबाट खोर्सानीबारीदेखि माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले आवतजावतमा कठिनाइ उत्पन्न भएको छ । बाढीले बाह्रबिसेको खागदलखोला र भोटेकोशी गाउँपालिका–५ को बुलकोटेमा पक्की पुल बगाएकाले दुई बेलिब्रिज राख्ने विषयमा विभागमा पहल भइरहेको डिई महतोले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : १० बजे