५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विहीबार १ सय ६७ जनामा कोरोना सङ्क्रमण, काठमाडौं उपत्यकामा १ जना मात्रै संक्रमित


१ श्रावण २०७७, बिहिबार  

0
Shares


१ साउन ०७७, काठमाडौं । विहीबार नेपालमा थप १ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २ सय १३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २ सय ४९ जना रहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ ।
आज देखिएका सङ्क्रमितमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका दुई र सुनसरीका चार, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका दुई, उदयपुरका एक र इलामका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका तीन र ओखलढु्ङ्गाका १५ जना रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २६, नारायणी अस्पताल वीरगञ्जमा पर्साका दुई, बाराका एक र रौतहटका ६, भरतपुर अस्पताल प्रयोगशालामा धनुषाका एक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौँका एक जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी कीटजन्य रोग अनुसन्धान तालीम केन्द्र प्रयोगशाला हेटौँडामा नवलपरासी पूर्वका १७, रौतहटका ६ र मकवानपुरका तीन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका दुई र स्याङजाका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देही र प्यूठानका एक÷एक तथा भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका आठ, सुर्खेतका दुई, बर्दिया र दाङका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका ६, चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका एक, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका एक, सल्यान र जाजरकोटका दुई÷दुई, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मुगुका एक, डडेल्धुरा अस्पतालमा डडेल्धुराका आठ तथा सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका चार, कैलाली र कञ्चनपुरका १४÷१४ र बझाङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ७ : ३५ बजे