४ साउन ०७७,काठमाडौं । आइतबार नेकपाका दुई अध्यक्षबीच छलफललाई निरन्तर अगाडि बढाउने विषयमा भएको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार शनिबार बसेको सचिवालयको बैठकमा पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको थियो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आज पनि छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।
बैठकमा अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच छलफल भए पनि आजका लागि तय भएको स्थायी कमिटीको बैठक भने यही साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।
अध्यक्ष दाहालले आजै पार्टीभित्र देखिएको समस्या समाधानका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग पनि छलफल गर्नुभएको थियो । महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग पनि अध्यक्ष दाहालले कुराकानी भएको थियो ।








प्रतिक्रिया