५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सोमबार १ सय ८६ जनामा कोरोना सङ्क्रमित


५ श्रावण २०७७, सोमबार  

0
Shares

५ साउन ०७७, काठमाडौं । देशभरमा आज थप १ सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा चार हजार २ सय १६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १७ हजार ८ सय ४४ पुगेको छ ।
प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा ९३, प्रदेश २ मा एक हजार ९ सय ३३, बागमती प्रदेशमा ३ सय ९९, प्रदेश ५ मा ४ सय १०, कर्णाल प्रदेशमा २ सय ९९ र सुदूर पश्चिम प्रदेशमा दुई हजार ४ सय १८ रहेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २२ हजार २२८ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको १ सय ७३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ८ सय ६८ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको उनले बताए ।
सार्क देशमध्ये नेपालमा परीक्षण दर प्रतिदश लाखमा अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको प्रवक्ता डा गौतमले बताउनुभयो । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या बङ्गलादेश, भारत, मालदिभ्स, अफगानिस्तान र पाकिस्तानभन्दा कम छ ।
त्यस्तै, सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढिरहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित भेटिएका जिल्लामा सुनसरी, झापा, इलाम, मोरङ, सिराहा, सप्तरी, धनुषा, पर्सा, बारा, काठमाडौँ, सर्लाही, सोलुखुम्बु, ललितपुर, कास्की र लमजुङ रहेका छन् । त्यस्तै तनहुँ, स्याङजा, बाँके, रोल्पा, सल्यान, रुकुमपूर्व, दाङ, दैलेख, सुर्खेत, हुम्ला, कालिकोट, डोटी र कैलालीमा पनि नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
गाउँघरमा साँघुरो ठाउँमा बस्दा कोरोनाको जोखिम हुने भन्दै सतर्क रहन प्रवक्ता डा गौतमले सबैलाई अनुरोध गर्नुभयो । उहाँका अनुसार वर्षाका कारण विभिन्न सरुवा रोगको जोखिम रहेको छ । उनले भने, “वर्षाका कारण पानी प्रदूषित भएर सरुवा रोग लाग्नसक्ने हुँदा सबै सजग हुनुपर्छ ।”

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ३६ बजे