५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चारकिलोमा पुनः पहिरो ः तराई काठमाडौं सम्पर्क विच्छेद


९ श्रावण २०७७, शुक्रबार  

0
Shares

लगातारको झरीले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चार किलोमा गएको पहिरो डोजरले हटाइँदै । तस्वीरः कृष्ण आचार्य/रासस

९ साउन ०७७,चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले जानकारी दिए । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ३० बजे