५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा कोरोना संक्रमण घट्दै, निको हुने बढ्दै


१० श्रावण २०७७, शनिबार  

0
Shares


१० साउन ०७७, काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणमुक्त भएर ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो समय यो संख्या ७० दशमलव ६ प्रतिशत नाघेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १ सय ८३ मध्ये शनीबारसम्म १३ हजार ५३ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
यो संख्या प्रदेश नं १ मा ७ सय ७५, प्रदेश नं २ मा दुई हजार ८ सय ९८, वाग्मती प्रदेशमा ४ सय ६८, गण्डकी प्रदेशमा एक हजार १ सय २५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३ सय २ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा नयाँ १ सय ९ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको चार हजार ७५ नमूना परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको उनले जानकारी दिएका छन् ।
यसरी नै पछिल्ला दिनहरुमा तुलनात्मक रुपमा कोरोना संक्रमणको संख्या कम भइरहेको छ ।
छ जिल्ला कोरोनामुक्त भएका छन् । प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए ।
शनिबार सबैभन्दा बढी डोटीमा २६ सङ्क्रमित थपिएका छन् ।सप्तरीमा ११, पर्सा र डडेल्धुरामा आठ÷आठ, कपिलवस्तु र जाजरकोटमा छ÷छ, दाङमा पाँच, पाल्पा, रौतहट र नवलपरासी पूर्वमा चार, बारा, गुल्मी, कालीकोट, अछाम, दैलेख र बैतडीमा तीन÷तीन, काठमाडौँ, बाँके, बर्दिया र मुगुमा दुई÷दुई तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, तनहुँ र हुम्लामा एक÷एक जनामा सङ्क्रण पुष्टि भएको छ । मुलुकभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार ३८५ सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ९ : ०१ बजे