५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिंहदरबारभित्र ५ सय ८ को कोरोना परिक्षण नमूना सङ्कलन


१४ श्रावण २०७७, बुधबार  

0
Shares

सिंहदरवारमा बुधबार कोरोना परिक्षणका लागि घाँटीको नमूना लिदै स्वास्थ्यकर्मी । तस्विर रसन सापकोटा\रासस

१४ साउन ०७७, सिंहदरवार । कोरोना सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ मार्फत बुधबार नमूना संकलन गरिएको छ ।

नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब सङ्कलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो । विश्वभर फैलिरहेको कोभिड विषाणुको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो ।

उक्त उपकरणबाट आज सिंहदरबार परिसरमा  महान्यायाधिवक्तासहित ५ सय ८ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर सङ्कलन र चमेना गृहमा खटिने जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ । दैनिकरुपमा ५ सय  देखि ७ सय जनासम्मले सजिलै स्वाव सङ्कलन गर्न सकिने भएकाले यो उपकरण सहज र उपयोगी सावित भएको चिकित्सकको प्रतिक्रिया रहेको छ ।

चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाब सङ्कलन गर्दा हुनसक्ने सङ्क्रमणको खतरालाई अन्त्य गर्न पिपिइर्, ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ ।

यस भ्यानमा स्वाब सङ्कलनका लागि चाहिने जति सबै प्रविधि जडान गरिएको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताएका छन् ।

स्वास्थ्यकर्मीले आफ्नो खुट्टाले स्विच अन गर्दा पिपिई, ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै गाडी सङ्क्रमणमुक्त हुने प्रविधि यसमा जडित छ । भ्यानभित्रको निःसङ्क्रमित क्याबिनमा तीन स्वास्थ्यकर्मी रहन सक्छन् जसबाट बाहिर बसेका सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध हुनेछ । यो भ्यानको प्रयोगबाट पिपिईमा लाग्दै आएको ठूलो रकम बचत हुने बताइन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : ०० बजे