५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभरबाट थपिए ६ सय ४१ नयाँ कोरोना सङ्क्रमित, दुईको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

0
Shares


३२ साउन ०७७, काठमाडौं । काठमाडौँ उपत्यकामा १७२ सहित जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा देखिएका १ सय ७२ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १२६, ललितपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ३४ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १७ हजार ३ सय ३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ हजार जनामा गरेको पिसीआर परीक्षणबाट ६ सय ४१ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म पाँच लाख १७ हजार ९ सय ७ को पिसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । योसँगै आइतबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २ सय २१ पुगेको छ ।
थप दुईको मृत्यु
कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले जानकारी दिएका छन् । अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४ सय ९७ रहेको छ । आइसोलेशनमा रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार ७ सय २४ रहेको छ । वाग्मती प्रदेशका छ जना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ । अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा परेको छ । नेपालमा पनि महामारीको नराम्ररी असर परेको छ । पछिल्लो विवरणअनुसार विश्वमा दुई करोड १६ लाख १८ हजार २ सय ८९ कोरोनाका सङ्क्रमित देखिएका छन् ।
संसराभर कोरोनाका कारण हालसम्म सात लाख ६९ हजार नौ जनाको मृत्यु भइसकेको छ । कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक करोड ४३ लाख ३४ हजार ३३२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ३० बजे