५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर ८ सय १८ कोरोना सङ्क्रमित ः तीनको मृत्यु


७ भाद्र २०७७, आइतबार  

0
Shares


७ भदौं ०७७, काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १ सय ६६ कोरोना संक्रमित भेटिएका छन् । देशभर भने ८ सय १८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट ८ सय १८ नयाँ सङ्क्रमित देखिएका हुन् । उनीहरुमध्ये २ सय २० महिला र ५ सय ९८ पुरुष छन् । हालसम्म ६ लाख चार हजार ४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार उपत्यकामा देखिएका थप १ सय ६६ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १ सय ६६, लतिपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २ सय ८१ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ६ सय ३१ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार ४सय १४ जना रहेका छन् ।
थप तीनको मृत्यु
कोरोनाबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्षाको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४९ पुगेको छ । यो मृत्युदर सून्य दशमलव ४७ प्रतिशत हो ।
जिल्लागत ५ सयभन्दा बढि कोरोनाका सङ्क्रमित रहेका ६ जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ रहेका छन् । सङ्क्रमित सून्य रहेका जिल्ला मुस्ताङ, म्याग्दी र हुम्लालगायत पाँच जिल्ला छन् । काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकोले सङ्क्रमण समुदायमा गयो भने नियन्त्रण गर्न नसिकने भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गरी मास्क लगाउन, साबुन पानीले हात धुन र स्यनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले कभ्यालेसन प्लाज्मा थेरापी शुरु गरेको जानकारी गराए । उनका अनुसार हालसम्म देशभरका १५ अस्पतालमा यसको अनुसन्धान शुरु गरिएको छ । ती अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नायायणी अस्पताल, काठमाडौँ विश्व विद्यालय चिकित्सा विज्ञान कलेज, भरतपुर अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, भेरी प्रदेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, ग्राण्डी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी बल अस्पताल रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको जोखिम नियन्त्रण गर्दै विश्वभरका क्रियाकलापलाई अवलम्बन गर्दै जानअगाडि बढ्न हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान अफ कोरोना कम्युनिकेसन स्टार्टेजी स्वीकृत गरी आजदेखि कार्यान्वयमा ल्याइएको प्रवक्ता प्राडा गौतमले जानकारी दिए । उनले आन्तरिक र बाह्य सञ्चारलाई व्यवस्थित गर्ने, सबै तहका सरकारबीच प्रभावकारी सञ्चार समयमै पारदर्शीताका साथ समाचार प्रवाह गर्न यसले सहयोग पुग्ने बताए । कोरोनाको जानकारी लिन रणनीतिक सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : ४६ बजे