५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए देशभर ८ सय ५५ जना कोरोना सङ्क्रमित


९ भाद्र २०७७, मंगलबार  

0
Shares


९ भदौं ०७७,काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ८ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३ सय २७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । यसैगरी आज ३१३ जना कोरोना सङ्क्रमण निको भएर घर फर्केका छन् । अहिलेसम्म कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा १९ हजार १ सय १९ पुगेको उनले बताएका छन् ।
मुलुकभर हाल १४ हजार २ सय ५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६ सय ६९ एवम् संस्थागत आइसोलेसनमा आठ हजार ५ सय ८१ जना रहेको मन्त्रलयले जनाएको छ । मुलुकभरका क्यारेन्टिनहरुमा हाल १० हजार ४ सय ५३ जना रहेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : ३८ बजे