५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डडेल्धुरा अस्पतालले रु २ हजार ५ सयमै कोरोना परिक्षण गर्ने


२५ भाद्र २०७७, बिहिबार  

0
Shares

सिंहदरवारमा बुधबार कोरोना परिक्षणका लागि घाँटीको नमूना लिदै स्वास्थ्यकर्मी । तस्विर रसन सापकोटा\रासस

२५ भदौं ०७७, डडेल्धुरा । डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ ।
यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।
साधारणावस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए । डडेल्धुरा अस्पतालमा आजसम्म तीन कोरोना भाइरस संक्रमित छन् । दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको र आज दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ७ : १७ बजे