२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकै दिन कोरोना भाइरसबाट १५ को निधन


२९ भाद्र २०७७, सोमबार  

0
Shares


२९ भदौं ०७७, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट आज(सोमबार) एकै दिन १५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला पाँच र पुरुष १० जनाको सङ्क्रमणबाट निधन भएको जानकारी दिएका छन् ।
मृत्यु भएकामध्ये काठमाडौँ उपत्यकामा मात्र आठ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लाका छ र ललितपुर तथा भक्तपुरका एक÷एक जना रहेका छन् । उनका अनुसार मोरङका ४० र ७० वर्षीय दुई पुरुष, काठमाडौँका ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीया र ६१ वर्षीया महिला रहेका छन् । यस्तै ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष, रामेछापका २३ वर्षीय पुरुष रहेका छन् ।
गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिला छन् । आजसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ३ सय ६० पुगेको छ । नेपालमा सङ्क्रमित हुनेबाट निधन हुने ०.६५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।