६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभामुख सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने


३ कार्तिक २०७७, सोमबार  

0
Shares

;efd’v ;fksf]6f
sf7df8f}F, # r}t ;efd”v clUgk|;fb ;fksf]6f ;f]daf/ l;+xb/af/df cfof]lht kqsf/;Fu s”/fsfgL ub}{ . t:jL/ M rGb|snf If]qL÷/f;;

३ कार्तिक ०७७, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्ववापत प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सभामुख सापकोटाले प्रेस विज्ञप्तिमार्फत आफूलाई चाडपर्ववापत प्राप्त खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरेको बताउका हुन् ।
विश्वव्यापी कोरोना महामारी र त्यसबाट उत्पन्न सङ्कटका घडीमा संसद्मका सदस्यलाई उपलब्ध गराइएको चाडपर्व खर्चलाई लिएर विभिन्न टिप्पणी आएका सन्दर्भमा आफ्नो ध्यानकर्षण भएको सापकोटले जनाएका छन् । सरकारको गतवर्षको निर्णयले उपलब्ध गराउँदै आएको सुविधाका सन्दर्भमा देशको हालको सङ्कटपूर्ण अवस्थालाई ध्यानमा राखी सत्तापक्ष तथा प्रतिपक्षी दलले गरेको सुझबुझ निर्णयप्रति सभामुख सापकोटाले धन्यवाद दिएका छन् ।
देशको आर्थिक अवस्था सङ्कटपूर्ण रहेको वर्तमान अवस्थामा यो कदमले सरकारको कोरोना प्रकोप नियन्त्रण गर्ने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षासमेत सभामुख सापकोटाले व्यक्त गरेकाछन् । सत्तारुढ दलका केही सांसदले सरकारले उपलब्ध गराएको दशैँभत्ता फिर्ता गर्ने वा अस्पताल तथा बिरामीलाई सहयोग गरेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने पूर्ण रुपमा नै उक्त सुविधा फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ०५ बजे